नियम २१
बालबालिकाको लागि आवास
बाल सुधार गृहले बालबालिकालाई लिङ्ग, उमेर, अदालती प्रक्रियाको अवस्था र मनोसामाजिक परामर्शका आधारमा देहाय बमोजिम आवासको व्यवस्था गर्नु पर्नेछ:-
(क) बालक र बालिकालाई अलग अलग भवनमा, सो सम्भव नभए अलग अलग तल्लामा र सो: सम्भव नभए बीचमा प्रशस्त अन्तराल रहने गरी अलग अलग कक्षमा राखे व्यवस्था गर्नुपर्ने,
(ख) पुर्पक्षमा/ रहेका बालबालिका र मुद्दा फैसला भई कार्यान्वयनको चरणमा रहेका बालबालिकालाई उमेर समूह अनुसार चौध वर्षभन्दा मुनिकाको लागि अलग कक्षमा, चौध देखि सत्र वर्ष उमेर समूहका लागि उमेर अनुसार अलग अलग कक्षमा, अठार वर्ष उमेर पुगेकाको हकमा ऐनको दफा ४३ को उपदफा (४) बमोजिम अन्य बालबालिकासँग अलग हुने गरी अलग भवन वा तल्लामा राख्ने व्यवस्था गर्नुपर्ने,
(ग) पुर्पक्षमा रहेका बालबालिका र मुद्दा फैसला भई कार्यान्वयनको चरणमा रहेका बालबालिकालाई अलग अलग तल्ला वा कक्षमा राख्ने व्यवस्था गर्नुपर्ने,
(घ) विशेष हेरचाहको आवश्यकता भएका बालबालिकालाई बाल मनोसामाजिक परामर्शकर्ता वा/ समाजसेवीको सिफारिसमा छुट्टै कक्षमा राख्ने व्यवस्था गर्नुपर्ने